खहरेमा धेरै गढ़गढ़ाएं

शान्त भै समुन्द्रमा तैरिनु छ अब

प्रतिस्पर्धामा धेरै दौडिएँ

धैर्य भएर अघि बढ्नु छ अब l

 

अभावमा धेरै भौंतारियें 

निरन्तर श्रोतहरु जुटाउनु छ अब

लुच्छा चुँड़िमा जीवन पोखें

बाँकी जीवनमा प्रायश्चित गर्नु छ अब l

 

अरुको उक्साहटमा आफुलाई उरालें

जिन्दगीको मोल तौलनु छ अब

छिमेकीले घोडा चड्दा म धुरी चढें

विना शरम अवतरण गर्नु छ अब l

 

भोकै बसी मिठो खाएको बाहना गरें

सरिरले मागेको मात्र पुर्ती गर्नु छ अब

आफ्नै दलको दोहन गरें

नीति नियम बदल्नु पर्ने छ अब l

 

दम्भमा छदा  खाँदाको २/३ भतकायें

छणभंगुरका चोइटा बटुल्नु छ अब

ठुलो बन्न धेरै पढेको नाटक गरें

खोक्रिएको ढाडस भर्नु पर्ने छ अब

 

फरक कित्तामा उभ्याउन  छेपारो झैं रंग फेरें

फरकपनको नाटक छोड्नु छ अब

तम गुंडमा धेरै राज गरें

सतगुणको बाटो अपनाउनु छ अब l