सुनसान
रात बिहान
यो भेडाको बथान
थाहा छैन जाने कता
थाहा छैन लाने कता
पाइला पाइलामा दुशासन
आफैलाई मानिरहेछ भगवान
यो भेडाको बथान

भत्किएका कटेराहरु
जम्मा भएका लुटेराहरु
यो सत्य हो कि झुट
आखा चिम्लिएका बादरहरु
पट्टि बाधिएका मानिसहरू
सभासदहरुको छुट्टै सान
यो भेडाको बथान

विदेशी भुमि
भोगाइको तराजु बराबर
तर टुक्रिएको समाज
देखावटीको समाज
चक्रव्युहको उपाय
सकिएको समय
बाचेर पनि मरेको वर्तमान
यो भेडाको बथान

भाषाको अंशवण्डा
मिलेर जानुमा सार्थकता
खोजेर नभेटिएको मन
भेटिएर फुत्किएको धन
विदेशमा पैसाको रुख
दौडिरहेको युग
भेटिनुको मजा
पलायनको उडान
यो भेडाको बथान

ठुलो कि ठुलो
मरन्च्यासेहरुको भाषा
घुमेर आउने वुमर्याङ
बाठाहरुको बर्ल्याङ
भुइँ नहेर्ने भर्याङ
पानी माथीको ओभानो
एउटा अन्धो अर्को कानो
गाउछ आफैंले आफ्नो गुणगान
यो भेडाको बथान

भत्किएका घरहरू
उदाङ्गिएका झ्यालहरु
थुक्छन आफैलाई
कराउँदै स्यालहरु
सञ्जयको समाचार
धृतराष्टको अनुहार
युटुवे पत्रकार
भन्छन आफैंलाई महान
यो भेडाको बथान

रह्यो अडिग
- युधिष्ठीरको सत्यता
- रामको चरित्रता
- सुदामाको दरिद्रता
- विश्वासमा गोपनियता
- मान्छेको आवश्यकता
नमच्चीने पिङ
ताक्दैछ उसलाई
घुमेर आफ्नै सिङ
प्रभु गर्दैउ सबैको कल्याण
यो भेडाको बथान