तिमीसँगै  रानी वन डुल्न पाए हुन्थ्यो

मनभित्रका सारा गाधा खोल्न पाए हुन्थ्यो

 

मध्य रातमा अगालेर तिमीलाई नै हेरी

जुन, तारा सँगै, अझै नजिक खुल्न पाए हुन्थियो।।

 

मन बस्न मलाई पनि तिम्रोदिलभित्र

धड्कन बनी तिम्रै नाममा चल्न पाए हुन्थियो।।

 

दिनलाई सूर्यको मूल्य भए झै

तिमी यसरी नै बल्न पाए हुन्थ्याे ।।

 

सधैभरी तिमीसँग हासीँ खुशी भई

आउने  दुख पिडाहरु सबै भुल्न पाए हुन्थियो