
हामी नेपाली
नाता हाम्रो धेरै छ राम्रो, हामी नेपाली हुनाले
अभिबादन शुरु र अन्तमा नमस्कार गर्नाले
नेपालीपन् रगतमा हाम्रो हिमाली पानीले
मधुर मुस्कान बालखै देखि मनमै हुनाले
बाँडिचुडी खाने अतिथी मान्ने नेपाली चलन हो
दुखीको सेबामा समर्पित हुने नेपाली भाबना हो
युग युग सम्म नेपाली साथ आत्मीय भै रहोस्
करोडौं हात कोटी नमस्कार शुभभै फैलियोस्
नेपाली बोल्दै एकता राख्दै सम्मानमा रमाउँ
नेपालको माँया मुटुभरि साची बिकाशमा लगाउ
नाता हाम्रो धेरै छ राम्रो हामी नेपाली हुनाले
अभिबादन शुरू र अन्तमा नमस्कार गर्नाले