कस्केा कारण कहाँ आए त्यो याद छैन

कहिले रोए कहिले रुवाए त्यो याद छैन

 

बरू कथा कति लेखे गनेर भन्न सक्छु

नसोध मुटु कति फटाए त्यो याद छैन

 

अझै भेटिन्छन मेरो कथा सुन्न खोज्ने हरू

मैले कस-कसलाई के सुनाए त्यो याद छैन

 

सम्झिन्छू तिमिले दिएका थुप्रै आस्वासनहरु

तर चेाट भने कति खाए त्यो थाहा छैन