
खबर
गाँउमा बिजुली पानी, बाटो देखिन्छ
अस्पताल देखिन्छ, स्कुल देखिन्छ
स्कुलमा बिधार्थी देखिन्नन् ।
एउटै खोलामाथी नजिक नजिक
पक्कि पुल देखिन्छन्
तर पुलमा कुनै गाडी देखिन्नन्
पर पर सम्म घर देखिन्नन्
जँगलै जँगल देखिन्छ बस्ति देखिन्नन्।
गाँउमा युवा देखिन्न बुढा बुढी देखिन्छ
केही चमत्कारी उपाए निस्केन भने पक्का
केही वर्षमै गाँउको अस्तित्व मेटिन्छ।
गाँउलाई जँगलले घेरेको छ
लामो खडेरिले जँगल जलेको छ
थोत्रो घर र बुढोगोठले आगोसँग
हार मानेर लम्पसार परिरहँदा
हिड्न नसक्ने बा आमालाई
छिमेकिका केटा केटिले
बचाउन खोज्दा खोज्दै
आमाका हात जलेका छन
बा का खुट्टा जलेका छन
बाले कमाउन सक्नु हुन्न
आमाले पकाउन सक्नु हुन्न
मजदुरी गर्दा पेट नभरिएर
छोरा,बुहारी बिदेसिए पछि
बुढाबुढी र केटा केटीले चलाएको गाँउमा
बाँदरको बिगबिगि छ खेति जोगिन्न
घरमा बाँदर पस्छ भगाउन सकिन्न
कुकुरले भुक्न छोडेर भाग्न र लुक्न थालेकाछन
बाँदरले मान्छेलाई पिट्न र टोक्न थालेकाछन
प्रकितिले हेला गरेको छ
महिनौ सम्म नपरेको पानी
एकै पटक परेकोछ
पहिरो झरेकोछ
बाढी बढेको छ
बस बगेका छन
घर पुरिएकाछन
चट्याङ्ग परेका छन
मान्छे मरेका छन
देस दुखमा छ शोकमा छ
नेता सत्ताको भोकमा छ
नीति हराएका राजनीतिक दल हरुले
स्वार्थ पुर्तिको लागि जो सँग पनि
चोँच मिलाएर मितेरी गाँसेर
दुखी रहेको आमाको शरीरलाई
गिद्दले जस्तै लुछा चुँडी गर्दैछन
लाज पचाँउदै छन भुँढी भर्दैछन।
तर निराशाको बिचौ बिचमा पनि
सुनौलो किरणको पर्खाइमा मैले
लाखौ सज्जन देखेकोछु
देसप्रेमी मन देखेको छु।