मेरो भिमरथारोहण, हो मेरो भिमरथारोहण

७० वर्ष महिना दिन घडी तथा पलामा

पर्यो मेरो भिमरथारोहण, मेरो भिमरथारोहण

मलाई सजाईयो तासको चोलो, दुपट्टाको सारी

पछौरी तथा गर गहना शृंगार सहित,

मेरो भिमरथारोहण, मेरो भिमरथारोहण।।

 

यस वर्षको पहिलो महिनाको २० तारिख तथा

१२:३० बजे दिउँसो मिल्यो साईत

वटा पानको पातमा कुल्चिन्दै, ग्रह दशादिको

दान पछि सजाईएको रथमा रथारोहण गर्ने साइत

मेरो भिमरथारोहण, मेरो भिमरथारोहण।।

 

एकातर्फ केटाहरु दाजु, भाइ, भतिजा, भदाहरु

अर्को तर्फ, भाउजू, बुहारी, भतिजा बुहारीहरु भदै

सबैले होस्टेमा हैंसे गर्दै तान्न लागे रथ

यही थियो मेरो भिमरथारोहण।।

 

तर, मेरो आँखा बाट आँसु आएको रोक्नै सकिन,

छोराले सोध्यो, किन ममी रुनु भएको?

मैले भने - तिम्रो ड्याडी सम्झेर हो बाबु

मेरो भिमरथारोहण, मेरो भिमरथारोहण।