पुरा हुने सपना

थोरै मात्रा चाहना

अनगिन्ती बहाना

समय उहि ठीक थियो

 

मिल्ने मात्रै साथी

बाड्न मिल्ने खुशी

प्रगतिहिन जीवन

सुन्य सत्रु

समय उहि ठीक थियो

 

आरामको जिन्दगी

नघोच्ने वचनहरु

पेटको मात्रै भोक

रिसाउने मात्रै रोग

समय उही ठीक थियो

 

हिलोमा समुन्द्र भेटिने

ढिस्कोमा हिमाल देखिने

हत्केलाले तुफान् छेकिने

कोर्योकी माया लेखिने 

समय उही ठीक थियो

 

गुनगुनाए गीत हुने

मुस्कुराए मीत हुने

आँखा चिम्लिए रात हुने

रातमा सोचे खास हुने

समयत उही ठीक थियो