मुक्तक १

जब तिम्रो हातको सिन्दूर पर्यो मेरो शिरमाथि,
त्यै दिनदेखि तिमी बनेका थियौँ जीवनसाथी।
मनमा अनेक कुराहरू खेलाउँदै अन्मिएकी थिएँ,
सोच्या थिइनँ मेरो साथी होला भनी यति जाति।

 

मुक्तक २
मेरो मनमा चोट लाग्दा, तिम्रो आँशु खस्रिँदै झरेको देखेँ।
के भयो तिम्रो, किन मलाई भनी उमा बसेको देखेँ।
साँच्चै तिम्रो सम्झना गर्दै पूजा गर्न मन लाग्यो,
ती आँखामा मेरो लागि खोलेको मायाँ देख्दा खेलेँ।

 

मुक्तक ३
अघिबढ तिमी भन्दै अप्ठ्यारोमा साथ दियौँ।
चिप्लिएर लड्न खोज्दा डर लाग्दा ती हात दियौँ।
भगवान्ले मेरो लागि पठाइदिएको मान्छे तिमी छौँ,
निभ्न लागेको बाती जस्तो थिएँ, बलि राख्न आँट दियौँ।