नाँचु नाँचु हामी नाँचु

तिमी नाँचे म नाँचने, नाँचने बेला ननाँचे कसरी बाचने?

तिमी हेर म हेर्छु, तिमी नहाँसे म कसरि हाँसने?

तिम्रो मन मतिर, मेरो मन तिमी तिर

 मन मिलाउने भए,आखैले ईशारा गर

 

मेरो लागी तिमी योग्य, तिम्रो लागि मलाई छान

खुलेरै भन्न नसके नजिक आई कानमै भन

कुराहरू लुकाएर राखे, होस गर मायाँ सपनीले रुवाउँला

बिहान उठी कतै हिँडदा, प्रायश्चितको झरीले रुझाउँला

मुनाहरु पलाको हेर, चन्द्रमा उदाको हेर

आउ हामी नाँचन थालौं, अबेला नगर

 

सबै हामी वर वर, कसैको नमानौं डर

बितिरहेछ पल पल, जिन्दगी के नै छ र?

 चिनारी भई हाल्यो, भोलि पनि बोल्दै गर

छुटिनु त छदैछ, फेरि भेट्ने आजै कबुल गर

धन्यवाद तिमीलाई धेरै धेरै, यो साँझको संझना गर

म पनि बाचा गर्छु, तिमीलाई मायाँ गर्छु, मायाँ नमार, माँया नमार ।