२०५९/६० सालतिरको समय, फागुनको अन्तिम साता। घर आएको महिना कटिसकेको थियो। भोलिपल्ट दिल्ली फर्किनै पर्ने बाध्यता थियो। बुटवलसम्म जिप हुँगादेखि नै जान्थ्यो। ठुलपोखरामा भक्तिराम दाजुको पसलमा जिपको काउन्टर थियो। जिपको सिट बुक नगरे सिट पाइने निश्चित थिएन। गाउँमा मोबाइल थिएन, पि.सी.. मात्र सञ्चारको साधन थियो।

दुई बजेतिर घरबाट निस्किएँ। छरछिमेक आन्टीअङ्कलसँग भेट्दै पसल पुग्दा घाम चोयगाको डाँडामाथि पुगिसकेको थियो। एउटै घरमा भक्तिराम दाजुको कपडा पसल बेदे दाइको चिया पसल थियो। लस्करै राखिएका बेन्चमा केही मानिस चिया पिउँदै थिए, केही गफिँदै थिए, केही उभिएर गफ सुनिरहेका थिए।

पुग्नासाथ सबैलाई नमस्कार गरेँ।

तँ कहिले आइस्?”

बेन्चमा बसेका नेत्र काकाले सोध्नुभयो।

जाने बेला भइसक्यो काका,” मैले भनेँ।

बस,” भन्दै उहाँ अलि पर सर्नुभयो। काकाको नजिकै बसेँ। चियाको अर्डर गरियो।

नेत्र काका पनि दिल्ली बसेका, राजनीतिमा चासो राख्ने। नेपालका राजनीतिक पार्टीको भारतीय संगठनमा काम गरेका। कहिलेकाहीँ उहाँसँग समसामयिक, गाउँ, देश राजनीतिक गफ हुन्थ्यो। दुईचार जना साथी जम्मा भए भने गफ सुरु हुन्थ्यो तर सकिँदैनथ्यो।

मसँग उहाँ हुरुक्क हुनुभयो। दिल्लीका साथीहरूको हालखबर सोध्नुभयो। नेपाली समुदाय, दिल्लीको ताजा राजनीति, कांग्रेसभाजपाका गतिविधि उनीहरूको आँखाबाट नेपालमा भइरहेको माओवादी द्वन्द्व तथा नेपाल हेर्ने दृष्टिकोणअनेक विषयमा चियागफ सुरु भयो। उहाँ सोध्दै जानुहुन्थ्यो, बोल्दै जान्थेँ। सबै चुपचाप सुनिरहेका थिए।

पिपलको रुखमा चराहरू चिर्मिर गर्न थाले। घाम अस्तायो। चिया सकियो।

काका, साँझ पर्न लाग्यो, फेरि भेटौँला,” भन्दै उठेँ पसलतिर पाइला सार्दै थिएँ।

त्यत्तिकैमा पल्लो साइडको बेन्चमा बसेको अर्धवैँसे युवाले आवाज दियो

, तपाई यता आउनुस् त।

?” मैले सोधेँ।

उसले टाउको हल्लाएरअँभन्यो।

 

मैले उसलाई नियालेँसर्लक्क शरीर, चम्किलो अनुहार, तेजिला आँखा, चिल्लो कपाल, च्याट्ट मिलाएको पाइन्टकमिज, गोल्डस्टार जुत्ता। हेर्दा सरकारी जागिरे वा स्कुलको मास्टर जस्तो लाग्थ्यो।

एक पाइला अगाडि बढेँ।

चिनिनँ नि,” मैले भनेँ।

हामीले चिनेका छौँ। तपाई फलानो होइन?” उसले कमिजको गोजीबाट सानो डायरी कलम निकाल्दै भन्यो।

हो,” मैले भनेँ।

बस्नुस्, तपाई कुरा गर्न सिपालु हुनुहुँदो रहेछ,” उसले भन्यो।

साँझ पर्न लाग्यो,” मैले भनेँ।

उसको अनुहार एकाएक गम्भीर भयो। सुस्त तर कडा स्वरमा आँखा गाडेर उसले भन्यो

माओवादी कमान्डर हरि कँडेल हुँ। तपाईसँग कुरा गर्नु , बस्नुस्।

लुसुक्क नजिकैको अर्को बेन्चमा बसेँ।

उसले सिधै सोध्यो

तपाईले लेवी बुझाउनु हुन्छ?”

मन झसङ्ग भयो।

केको लेवी?” मैले सोधेँ।

ठूला मान्छे, शिक्षक, कर्मचारी लाहुरेहरूबाट लेवी लिन्छौँ। भारतमा काम गर्नेले बीस हजार दिनुपर्छ। जानु भन्दा पहिले तिरेर जानुहोला।

मैले हिम्मत गरेर भनेँ

गरिब मान्छे। भारतमा मजदुरी गरेर त्यति पैसा एक वर्षमा बचाएर ल्याउँछु होला। त्यति नै यहाँ पसलबाट उधारो खाएको बिल हुन्छ। हात खाली हुन्छ। फेरि दिल्ली जाने भाडा पनि ऋण लिएर जानुपर्छ।

कड्कियो

त्यसो भए किन जाने दिल्ली? के गर्न जाने?”

के गर्ने, खान पुग्दैन। केटाकेटी पाल्न जानै पर्यो।

उसले भन्यो

हामी पालिदिन्छौँ। केटाकेटी छोडेर हामीसँग हिँड्नुस्। ग्रेनेड बोक्नुस्, बन्दुक बोक्नुस्। हाम्रो पनि परिवार छ। देश बनाउन हिँडेका छौँ। आउनुस्, तपाई पनि जनताका लागि लड्नुस्।

जातीय विभेदविरुद्ध लडौँ, लैङ्गिक विभेदविरुद्ध लडौँ, आर्थिक असमानताविरुद्ध लडौँ, जहानियाँ शासनविरुद्ध लडौँ। गरिबको हकअधिकारका लागि लडौँ।

मर्यौँ भने देशका लागि, बाँचियो भने परिवर्तनका लागि। तपाई पनि यही देशको नागरिक हो। प्रत्येक नागरिकले केही केही योगदान दिनैपर्छ।

मैले पनि भनेँ

हामीले पनि योगदान दिएकै छौँ। घरमा आउँदा खानबस्न दिएका छौँ। भारतमा पनि लुकाउने, सहयोग गर्ने काम हामी श्रमिकले गरेका छौँ। सकेको गरेका छौँ।

चुपचाप सुनिरह्यो।

फेरि कड्किँदै भन्यो

सबैले त्यसै भन्छन्। त्यसरी हुँदैन। तपाईको परिवार हामी पाल्छौँ, हामीसँग हिँड्नुस्। अन्यथा लेवी तिर्नुस्।

उसका आँखामा अजीब कठोरता देखिन्थ्यो। चुप भएँ। पिपलका चराहरू पनि चुप भइसकेका थिए। मेरा कान डम्म भए।

उसको पछाडिपट्टि झोला बोकेर उभिएको ठिटोले उसलाई इसारा गर्यो। जुरुक्क उठ्यो, मेरो काँधमा हात राख्दै भन्यो

कुरा बुझ्नुभयो। लेवी तिर्नुहोला।

दुवै जना पसलको पछाडिबाट तल झरे। वरिपरिका मानिस चुपचाप सुनिरहेका रहेछन्।

नेत्र काका नजिक आएर भन्नुभयो

तैँले टक्करै दिइस्, गाँठे।

निशब्द उभिएँ।

भक्तिराम दाजुले भन्नुभयो

थाहा को थिए? माओवादी। माओवादीसँग मुख लडाउँछन् ?”

के गरौँ दाजु, कुरा यस्तै भयो,” मैले भनेँ।

उहाँले चेतावनी दिनुभयो

केही नबोल्नुपर्थ्यो। यिनीहरूले जे पनि गर्न सक्छन्। ज्यानको बाजी राखेर हिँडेकालाई ज्यानको माया हुँदैन। लिन पनि सक्छन्, दिन पनि। घरमा दुःख दिन सक्छन्।

त्यो सुनेपछि बल्ल डर लाग्यो।

 

ओहो! घरमा दुःख दिने हुन् कि?

बुढा बाबा, सोझी श्रीमती, साना केटाकेटी

छातीभित्र केही खसेजस्तो भयो। हातखुट्टा काँप्न थाले। साँझ झमक्कै परिसकेको थियो। आफूलाई धिक्कार्दै घरतिर हिँडे। हिँडेको होइन, घिस्रिएको जस्तो।

टर्च बिना घर पुग्न नसक्ने जस्तो लाग्यो। राहिला बाबाको घरमा पसेर टर्च मागेँ। टर्चको उज्यालो पनि जुनकिरीको जस्तो कमजोर। ओरालो बाटो, अँध्यारो साँझ, थकित शरीर। माओवादीको भयले मन थरथर काँपिरहेको।

बाटोमा माओवादी लडाकुजस्ता आकृति देखेँ। भर्खरै लिएर जान्छन् कि मार्छन् जस्तो लाग्यो। नजिक पुग्दा थाहा भयोती बुटाका पोथ्रा रहेछन्।

घर पुग्दा अबेर भएको थियो। श्रीमती खाना कुरेर बसेकी थिइन्। तर मलाई खाने मन थिएन। ओछ्यानमा पल्टेँयता फर्केँ, उता फर्केँ। रातभरि लेवी, ग्रेनेड, बन्दुक घरमा दुःख दिन्छन्भन्ने शब्दहरू टाउकोमा नाचिरहे। निद्रा फिटिक्कै लागेन।

बिहान चिया तयार थियो। झोला मिलाएँ, जुत्ता लगाएँ। श्रीमती चुपचाप कुनातिर गइन्। बाबाले माथिसम्म छोड्न जान्छु भन्नुभयो, मैले मानिनँ।

भुटेको भट्ट-मकै, सुकाएको साग, सिन्की, एक बट्टा घिउ साथीहरूका पाहुर..गरुङ्गो झोला। गरुङ्गो टाउको। गरुङ्गो मन।

जिप तयार थियो। पछाडिको ढोकानिरको सिटमा कोचिएर बसेँ। टाउको दुखिरहेको थियो। दोहोरी गीतको चर्को आवाजले झन् फुट्लाजस्तो भयो।

केही बेरमै जिप रोकियो। ड्राइभरले चुरोट किनेर आयो। गाडी धुवाँले भरियो। मलाई वान्ता हुन खोज्यो। सिसा खोलेर बाहिर हेर्दा हरि कमान्डर एक महिलासँग आइरहेका थिए। उनीहरू यस जिपमा नचढून् भनेर भगवान् सम्झेँ।

तर कमान्डरले ड्राइभरलाई इसारा गर्यो। ड्राइभरले तुरुन्त सिगरेट निभायो।गित मधुरो बनायो।महिला अगाडिको सिटमा बसिन्। कमान्डर पछाडिबाट छिर्यो। सिटमुनिको मुडो निकालेर ढोकाछेउ बस्यो। उसको कुहिनोले मेरो घुँडा छोयोझन्न करेन्ट लागेझैँ भयो। शरीरभरि काँडा उम्रिए। खुट्टा काम्न थाले।

उसले नदेखोस् भनेर टाउको बटारेँ। आँखासमेत बन्द गरेँ। सास रोकिने जस्तो भयो। दम घुटिएर मर्छु जस्तो लाग्थ्यो।

भेँडुवा पुगेपछि उनीहरू झरे। मैले लामो सास फेरेँ—“अब बाँचियो।

दिन बिते। पछि थाहा भयोहरि कँडेललाई सेनाले घेरा हाली गोली हानेर मारेछन्। एक्लै, निहत्था अवस्थामा।

त्यो खबर सुन्दा मन भारी भयो।

कुनै समयकोशत्रुजस्तो लागेको मान्छे, उसको मृत्यु पछि किनकिन प्रिय लाग्न थाल्यो। होनहार युवा गुम्दा समाज देशलाई पनि नोक्सान भएको अनुभूति भयो।

त्यो रात फेरि ओछ्यानमा पल्टेँ।

उसको चम्किलो अनुहार, स्पष्ट बोली, कडा स्वभाव, देश बनाउने सपनासबै टाउकोमा घुमिरहे।

रातभरि करवट फेर्दै बित्यो।

आज पनिनिद्रा लागेन।