मुक्तक १

छोरीलाई देवी मान्दै, कति आफन्तहरू पाउँमै परिदिन्छन्,
जति सरकार आउँछन्, बोलिले त सबै अधिकारले भरिदिन्छन्,

तर यथार्थमा, नारीप्रति यति बिभेदि छ हाम्रो समाज,
आफ्नै बाबुले समेत छोरीलाई अंशबाट बञ्चित गरिदिन्छन्।

 

मुक्तक २

छोरा र छोरी बराबर हुन भन्ने नजान्नेहरूलाई,
अंश र बंश छोरा वरिपरि मात्र ठान्नेहरूलाई,
म कसरी मानसिकरूपमा स्वस्थ छौ तिमि भनु,
आफ्नै छोरीलाई पनि सन्तान नठान्नेहरूलाई।

 

मुक्तक ३

हारेका नेताहरू भाषण गर्न,
जितेका नेताहरू शासन गर्न।
कवि छन् तल्लिन, कविता लेख्दै,
भाषा जोगाउन, वाचन गर्न ।