हिजो आज मेरो साथी भा मेरै एैना

एैना  जती भरपर्दो या अरु साथी छैन

तै साथीलाइ हेर्दै रुन्छु जब छाती पोल्छ

हिजो आज मेरो एैना जस्तरी  बोल्छ

 

भन्छे मलाई पहीला कती चन्चले थिस् केटी

हिजो आज टोलाई रन्छेस् खुसी छैनस् तेती

 सोर सिड्गार गरी हास्दै  आउथीस्  थिम पैले

कपाल पनी नकोरेर झोक्राइरन्छेस् यैले

 

हास्दा पनि स् हास्छे रुदा संगै रुन्छे

मनका कुरा भन्छु ध्यान दियर सुन्छे

भन्छे मलाइ मेरो अघी खुसी हुनु पर्छ

हैन भने तिमी रुँदा मेरो आँसु झर्छ

 

सम्झाएर भन्छे मलाई सबै हुन्छ ठिक

बिगत बिर्स बर्तमानमा खुसी हुन सिक

को छैन पिर नभाको नभनेर पोत

अब मलाइ भेट्न आउँदा छिस्स तेहा रोत।