
गाऊँ गीत मिलनको
संगै हिंड्न तिमीसंग मेरो लय मिल्दैन अरे
भन्दैछ जगत, स्तर हाम्रो फरक छ अरे।
खानु खाइयो गाली तिम्रो साथ मिली हिंड्दा
वेदनाले रोएको छु गल्ती फिटिक्कै नगर्दा।
उदास आँखा मलिन ओँठ हाम्रो नियति कठै
हातै धोएर लागेका छन् हाम्रा पछि सबै।
तिमी गगन अनि म फगत धर्ती अरे
मिलन हामी बीच हुँदैन कहिल्यै यथार्थ अरे।
गर्नु पर्छ हामीले विद्रोह जाल तोड्न अब
आऊ गाऊँ गीत मिलनको मीठो मिली सब।
