हर्खे लाई नदेखेको धेरै भो मैले

आज उसित

अचानक भेट भो

मैले सोधे केछ हर्खे सन्चै छौ?

ठिक छु उसले भने तपाईलाई नि?

मलाई पनि ठिक छ मैले भने

उ मेरो सानै देखिको साथी

जातले उ सार्खी

तर मलाई केहि फरक पर्दैन

म सधै साथी कै व्यवहार  गर्छु 

तर, हाम्रो समाजमा उ जस्तै

लाखौलाई हेला गर्छन

अछुत भनि घरमा आउन

पानी छुन बर्जित गर्छन

यो कस्तो क्रुर समाज

हाम्रो र उनीहरुको रगत उही

उनीहरुको सिपले बनाएका

सबैमा भर पर्नु पर्ने

जंगबहादुरको भूतले उनीहरुलाई मासिन्यामा

राखेर मारेपनि बात नलाग्ने मुलिकी ऎन बनाए

तर आज ती व्यवस्था सम्म हटाए अरु

यथाबत आज सम्म छ यसले गर्दा  करोडौ

अछुतहरु धर्म परिबर्तन गरिरहेछन

यो अन्धबिस्वासी कहालीलाग्दो काल

कानून भएर पनि मेटेको छैन

अछुटहरू माथिको पिडा आजको

२१सौ सताब्दिमा पनि टुलु टुलु हेरी बसु

कदापि उचित हुँदैन अत: अबिलम्ब

निर्मुल गर सरकार।