कठिन उकाली
काँधमा बोकिन चाहेको हैन मैले
स्वाभिमान मेरो पनि छ
थोरै टेकुवा मात्रै खोजेको हुँ।
अगाडि बढ्न हल्का सहारा त चाहिने रहेछ
सक्षम भए पछि के ठेगान
अरु पनि मेरो बुई चढ्लान्।
आकारमा सानो छु,
आवाज बुलन्द छैन।
कमजोर वैभव छ भनेरै
तारे भिरमा पु~याईएको म
अवरुध्द छ मेरो
अगाडि बढ्ने चाहना।
सुनिने रहेछ क्रन्दन त्यसैको
जसको आवरण बेरिएको छ आडम्बरमा
बोलीले जसको, चिप्ल्याउँछ जो कसैलाई
पुजिएको छ उही जो दम्भले उन्मादिएको छ।
होचो ठानिन्छ व्यक्तित्व त्यो यहाँ
जसको आदर्श एवम् गुण उच्च छ।
बसुधैव कुटुम्बकम् खोपामा थन्काएर
मुकुण्डो लगाई सार्वजनिक हुनेलाई चिन्न
दैनन्दिन कठिन हुँदैछ।
ईमानदारको पहिचान नहुनु बिडम्बना हो
एक कदम अगाडि बढ्नु उच्च लेकको यात्रा सरी छ
कसैले पछाडि तान्नुले यात्रा झन् कठिन भएको छ।