कुरा शुरू गरौ है। आज भन्दा पच्चिस बर्ष अगाडी हामी साथीहरूको न्यूजिल्याण्डमा आगवमन भएको थियो हामी एक एजेन्सी मार्फत वर्क परमिट लिएर यस देशमा आईपुगेको थियौ। हामीलाई यहॅा आई पुगे लगत्तै एजेन्सीले हामीलाई यहॅाको बारेमा जानकारी मूलक सामाग्री पठाएको थियो। त्यसमा यस देशमा के गर्नै के नगर्ने सहित कहॅा कहॅा घुम्ने जानकारी थियो , त्यसैमा सस्तो राम्रो घुम्न जाने देश भनेर फिजीको पनि जानकारी लेखीएको थियो।

त्यति बेला घुम्न जाने कुरा मनमा राखेको थिए तर तत्काल सम्भव पनि   थिएन।हामी यहॅा आऊनु  केही बर्ष अगाडी फिजीमा सॅासद भवनलाई जर्ज स्पाईट ब्यक्तिले बन्धक बनाएर त्यहॅाको प्रधानमंत्री महेन्द्र चौधरीलीई लामो समय बन्दी बनाईको ईन्डियन मुलूकका बासिन्दा भएको कारण अपदस्त गरिएको हिन्दी न्यूजहरूमा देखेको थिए त्यति बेला मेरो मानसपटलमा जानकारी भए अनुसार ईन्डियाको प्रधानमत्री अटल बिहारी बाजेपाई हुनुहुन्थ्यो रिहाको लागी पहल गरिदिन अनुय बिनय गरिएको देखेको थिए। त्यसैबेला त्यस देशमा नेपाली मूलको नेपालीबासीहरू पनि हुनुहुन्छ भनेको सुनेको थिए तर न्यूजिल्याण्ड बाट यति नजिकै होला भन्ने कुरा यस देशमा आई नपुग्दा सम्म थाहा थिएन , जब यस देशमा आएपछी भने त्यस देशमा गएर हेर्न मन लागी रहेको थियो

                  समय बित्दै जॅादा फिजीका मानिसहरूलाई काम गर्नै ठॅाऊ साथै बिभिन्न ठॅाऊहरूमा भेटेर त्यस ठॅाऊको साथै नेपालीमूलका नेपालीहरूको जानकारी पाए, अझै कति भेटिएकाहरूमा पनि कोही मेरा हजुरबुवा नेपाली कोहीका हजुरआमा नेपाली हो भन्ने सुने तर नेपाली भाषा भने नजान्ने भने। हुन पनि अल्पसंख्यक नेपाली हरू रहेको ठॅाऊमा बहुसंख्यक ईन्डियन भएको ठॅाऊमा बिहेबारी हुनेनै भयो सायद त्यसैले होला न्यूजिल्याण्डमा भेटिएका फिजीबासीहरू ईन्डियाबाट आएकाहरू भन्दा भलादमी ईमान्दार लाग्ने गर्दछ। सायद नेपालीहरू सॅगको क्रस भएर पो हो कि

                  घुम्न जॅाऊला भनेर भन्दा भन्दै २४ बर्ष बितिसकेछ। साथीभाईहरूसॅग जहिले पनि कुरा हुदॅा जानु पर्छ भनेर कुरा गर्ने तर कहिल्यै नमिल्ने त्यस ठॅाऊमा घुम्न जाने हो भने जुन जुलाई महिना सारै राम्रो हुन्छ भन्ने सुनेका थियौ। त्यति बेला गयो भने यहॅाको जाडो पनि छलिन्छ भन्थे त्यस अवधिमा फिजिमा न्यूजिल्याण्ड अस्ट्रेलियाका मान्छेहरू प्रसस्त हुन्छन भन्ने पनि सुनेका थिए। अझै नेपालमा पाईने फलफूलहरू पनि प्रसस्त पाईन्छ भन्ने सुनेको थिए , गएभने आफूलाई मनपर्ने फलफूलहरू खानुपर्छ भनेर सोचीरहेको थिए।

एकदिन हाम्रो घरमा राजेश जि शालु भाऊजु घुम्दै आईपुग्नु भयो यतिकैमा भोला प्रधान अॅकललाई बिसन्चो हुनु भएको भन्ने जानकारी थियो , जॅाऔ एकछिन भेटेर ॲाऊ भन्ने कुरा भयो हामी बाटोमा एउटै गाडीमा सॅगै थियौ कुराकानी गर्दै जॅादा सॅगै होलिडे नगएको पनि धेरै भयो है भन्दै कुराहरू हुदॅा हुदै गर्दा यो जुन वा जुलाईमा फिजी जॅाऊ भन्ने योजना बन्यो त्यसो भए ॲकलको घरमा गएपछी फ्लाईट सेन्टरमा जाने है भन्ने तय भयो।ॲकल आण्टी सॅगको भेटघाट पछी सिधै फ्लाईट सेन्टर गयौ फिजी जाने होलिडे प्याकेजको बारेमा बुझ्न लाग्यौ। यतिकैमा शैलेश जि अन्जुमन भाऊजु लाई पनि सोधौन भन्ने कुरा भयो त्यसो भए शैलेश जि सॅग कुरा गर्छु तपॅाई बुझ्दै गर्नु भने मैले उहॅालाई फोनकल गरे हामी फिजी जाने योजना बनाएको छौ यदि तपॅाईहरू पनि जाने हो भने सोचेर खवर गर्नु है भने ऊहॅाहरू कतै पैदल यात्रामा हुनुहुदो रहेछ केही समय पछि हुन्छ भन्ने जवाफ आयो त्यसैदिन हामीले बुक गरी हाल्यौ कहिले कॅाही धेरै योजना नबनाई राख्नु भन्दा क्षणिक रूपमा योजना बनाएर गरि हाल्यो भने नसोचेको परिणाम ॲाउदो रहेछ भन्ने कुरा २४ बर्ष मा बन्न नसकेको कुरा घण्टामा सम्भव हुने रहेछ।

अब होलिडे बुक गरियो , त्यहॅा कता घुम्ने होला आफूले यहॅा खान नपाएका फलफूलहरू त्यहॅा खोजी खोजी खानु पर्छ है भनेर सल्लाह गरि रहेका हुन्थ्यौ हामी भन्दा अगाडी नै त्यहॅा पुगेर अनुभव लिनु भएका  साथीहरू सॅग सल्लाह सुझाव लिई रहेका हुन्थ्यौ। मलाई भने अम्बा ॲाप सार्है मन पर्दछ। न्यूजिल्याण्ड बसे देखी यि दुई फललाई सार्है मिस गरि रहेको छु ॲाप अलि महॅगोमा भएपनि किनेर खान पाईन्छ तर अम्बा भने पैसा तिर्छु भन्दा पनि नपाईने यो देश! जब यो देश बाट बाहिर निस्कन्छु तब अम्बा अनि रागॅाको मासु पहिलो प्राथमिकतामा पर्नै गर्दछ।

अव शुरू गरौ है मुख्यकुरा, महिनौ पछी को पर्खाई पछी हामी तिन परिवार फिजीको यात्रामा निस्कियौ। न्यूजिल्याण्डको मध्य जाडोलाई छल्न पनि पाईने, मन पर्ने फलफूल खान पनु पाईने सम्भावित नेपालीमूलको मानिसहरूलाई भेटने पनि आशा सहितको नयॅा देशको कौतुहुल यात्रा! हामीले क्राईस्टचर्जबाट सिधा उडान नलिईकन अकल्याण्ड हुदै करिव घण्टाको यात्रा गरेपछि पुगियो एऊटा सानो तर सुन्दर देश फिजी ! यहॅाको जाडोमा लगाईएको हाम्रो न्यानो कपडाहरू त्यहॅा झर्ने बितिकै हतार हतार निकाली हाल्नु पर्योबिमानस्थल निकै साने रहेछ , यात्रृहरू निकै हुदॅा बिमानस्थलमा भिडभाड थियो तर जना ब्यक्तिहरू गिटार बजाएर गित गाएरबूलाह बूलाह” भन्दै सबै यात्रुहरूलाई स्वागत गरिरहेका थिए, यसले भने हामीलाई त्यहॅाको स्वागत गर्ने परम्पराले तारिफ गर्यौ। यस्तो कुरा हामीले नेपालमा पनि गर्न सकिन्छ नि भनेर कुराकानी गर्यौ नेपालमा पनि यसरीनै यात्रुहरूलाई स्वागत गर्न सक्यौ भने कस्तो सकारत्मक सन्देश जाने थियो होला। 

जब हामी एयरपोर्ट बाट बाहिर निस्कियौ हामीले भाडाको कार लिएका थियौ तर जुन कार हामीले प्रयोग गर्ने भनेर कबुल गरेको थियौ तर त्यस भन्दा भिन्न उपलब्ध भयो। निकैबेरको प्रश्नोनत्तोर पछि हामीले त्यही उपलब्ध भएको कार नै लिएर Nadi हुदै हाम्रो गन्तव्य स्थलतिर लागियो। बाटो अलि सानो फोहोर अलि अलि बिग्रिएको भिडभाड देख्दा नेपालमा पो पुगिएछ कि जस्तो लाग्यो। तर जब नादी बजार कटियो तब बाटो अलि सानो भएपनि ८० कि मि प्रति घण्टा हिडने बाटो रहेछ। तर जब जब सानो गॅाऊ वा बजार आउने रहेछ गाडीको गति कम गराउनको लागी स्पिड ब्रेकर राखिएको रहेछ।

जब जब गॅाऊ ॲाऊछ छेऊछाउहरूमा साना टहरो बनाएर तरकारीहरू फलफूलहरू बेच्न राखिने रहेछ, कति सहज कहेछ , त्यहॅाका स-सना किशानहरूको लागी ।जिविकोआर्जनको लागी जनताको लागि सजिलो रहेछ खुशी लाग्यो हामीहरूलाई, निकै कुराकानी गर्दै गयौ हामीहरूको नजर भने ॲाप अम्बामा थियो। एक ठॅाऊमा ॲाप जस्तै फल देखियो सबैजनाले राजेशजि लाई कार रोक्न अनुरोध गरियो रोकेर सोधेको त्यो फल मेवा पो रहेछ। हामी सबैजना दंग परेर हेरेको हेरै भईयो। हेर्दा ठ्याक्कै ॲाप जस्तै देखिने आकारको मेवा रहेछ। कस्तो दृस्ट्री भ्रम भन्दै हामीहरू त्यहॅाबाट गन्तव्य स्थलतिर लागियो। / घण्टाको यात्रा पछि हाम्रो गन्तव्य स्थल, Warwick Resort, मा पुग्यौ।हामीलाई होटेलमा पुग्ने बितिक्कै त्यहॅाको कर्मचारीले एकछिन रोकिन भनियो किन होला भन्दा हामीलाई स्वागत गर्न पो रहेछ। स्वागत गर्ने तरिका पनि अचम्म लाग्ने तरिका रहेछ काठको डोड जस्तो मा सानो लठ्ठी जस्तोले  बजाएर मिठो धुन निकालेर  कस्तो मज्जाले बजाएर अन्तिममा “बूलाह बूलाह” भनेर स्वागत गरिने रहेछ।हामीहरू मन्त्रमुग्ध भएर सुनी रह्यौ। होटलमा हाम्रा समानहरू कामदारहरूले कोठा कोठामा पुर्याए पछि हामीहरूलाई भोक लागी रहेको थियो हामी सबैजना फ्रेश भएर खानको लागी तयार भएर आयौ! सॅाझ भएको थियो तर जाडो कत्तिपनि थिएन, मनोरम मौषम , सबैजना कर्मचारी हरू हामीलाई “बूलाह बूलाह” भन्दै स्वागत गरिरहेका थिए, महिला पुरूष कर्मचारीहरू कानमा फूल लगाएका हुने रहेछन , अनि सबैजना त्यस होटलमा काम गर्ने कर्मचारीहरू सबै स्थानिय, देख्दापनि कस्तो खुशी लाग्ने।जता हेर्दा पनि कति रमाईलो कति खुशी मानिसहरू।हामीहरू सबैजना खाएपछी एकछिन त्यहॅको दृश्यहरू हेर्दै रमाउदै थाकेका थियौ अनि सुत्न गईयो। 

जब हामी बिहान उठ्यो हाम्रो रूमबाट कस्तो मनोरम दृश्यहरू देखियो। छेवैमा समूद्रका छालहरू नरियलका बोटहरू अनि त्यसमा लागेको फलहरू, अनि अलिपर समूद्रमा पर्खाल लगाएर पानीलाई रोकेको हो कि जस्तो देखिने , तर पछी थाहा भयो त्यो पर्खाल नभई कोरोल कोष्ट रहेछ , त्यहि प्रागणमा सि बिच मै रमाई रहेका मानिसहरू , कति सफा पानी पानी भित्रे माछाहरू पौडीरहेको देखिने। हामीलाई स्वर्गको कुनै स्थानमा पुगेजस्तै लाग्यो फोटोमा मात्र देखेको थिए नरिवलको बोट , जिवनमा पहिलो पल्ट प्रत्क्ष्य देख्ने अवसर मिल्यो सार्है खान मन लाग्यो हामीलाई , हामीलाई होटेल गाईडले त्यहॅाको बारेमा जानकारी दिदै देखाउदै लादै थियो मैले बगैचा सर सफाई गरिरहेको कर्मचारीलाई सोधे,  यो खान मिल्दैन भनेर? उसले भन्यो मिल्छ नि तर पछी आऊनु भन्यो कति लाग्छनि भनेर सोधेको $२० दिनु तपॅाईहरूलाई / पुग्नेगरि दिन्छु तर अरूलाई नभन्नु भन्यो। हामीलाई होटल गाईडले सबैतिर घुमाई सके पछि उलसाई खोज्दै गयौ भेटेपछी $२० दियौ नरिवल टिप्न रूखमा चड्यो ? त्यस्तो सुरिलो रूखमा कुनै सहयता  नलिई मिनेटमा नै बॅादर जस्तो चडेर थुप्रै नरिवल झारी दियो तल झरेर हामीलाई काटकुट पारी नरिवल पानी भित्रको गुदी खान मिल्ने गराई दियो। हामी दंग परेर पानी पियौ गुदी पनि खायौ उसलाई धेरै धन्यबाद दियौ पनि $२० लिएर मख्ख पर्दै गयो। पछि थाहा भयो $२० भनेको घण्टा काम गरे बराबरको रकम रहेछ भनेर , तर हामी धेरै खुशी भयौ त्यसदिन हामी सबैजना रिजोटको रमाईलो अनि स्थानिय नृत्र हरू हेर्यौ अरू दिनमा के के गर्ने भनेर कार्यक्रमहरू बनायौ। 

भोली पल्ट त्यहॅाको नजिकैको शहर Sigatoka घुम्न जाने भयौ करिब २५/३० मिनेटको यात्रामा पुगिने रहेछ। बजारमा हिन्दी गितहरू बजिरहेको हुने रहेछ , हाट बजार लागेको हुने रहेछ , ईण्डियाको कुनै ठॅाऊ जस्तो। हिन्दी बोली रहेको अलि फोहोर सहर।मेरो नजर भने अम्बा ॲापमा थियो सबैलाई सोधे, सबैले सिजन सकिएको जानकारी दियो, हिडदै जॅादा मन्दिरमा पुग्यौ साथीभाईहरू मन्दिर दर्शन गर्न जानुभयो सृजना भने मन्दिर भित्र गएनौ, जान मिल्दैन थियो, पारिवारिक कारणले गर्दा , यतिकैमा जना आमा छोरा मन्दिर दर्शन गर्न आयो एकछिन हामीसॅग भलाकुसारी भयो। पर्साद ग्रहण गर्न भनियो, अनि मैले अम्बाको बारेमा सोधे, बजारमा खोजेको कुरा भने। उस्ले हो मैले अगी मात्र किनेर खाएको थिए, एकछिन ठिलो भयो नि True Mart मा सिजन नभए पनि पॅाऊछ भन्ने कुरा जानकारी भयो। कहॅा True Mart भनेको या Nadi जाने बाटोमा या Suva जाने बाटोमा भन्ने जानकारी लिए , जानकारीको लागी धन्यबाद दिए , त्यस पछी साथीहरू पनि दर्शन गरेर निस्कनु भयो अनि अम्बाको जानकारी पाएको कुरी भन्यौ साथीहरूले जसरी पनि किनेर खुवाऊने बचन दिनु भयो।

भोलीपल्ट हामी कोरोलकोष्ट ( समून्द्र भित्रको पहाड) हेर्न त्यहॅाको स्थानियलाई भनेका थियौ हामीलाई लिएर गयो। पहिला उसले त्यहॅा आफ्नो घरमा लग्यो , बस्ति घुमायो, सानो घरहरू भएको अलि फोहोर बस्ति तर मानिसहरू खुशी। हामी पुगेको एकछिन पछी बच्चाहरू हामीलाई हेर्न आए , / गर्दा गर्दै एकछिनमा बच्चाहरूको हुल नै भए। हामीलाई पछि थाहा भयो त्यसरी बस्तीमा जॅादा चकलेट साथै खानेकुराहरू लिएर जानु पर्ने रहेछ। हामीलाई थाहा नपाउदा अलि नमज्जा लाग्यो। जस्ले हामीलाई लादै थियो , हामीले सोचे जस्तो पक्का गाईड होईन रहेछ! लोकल माछा मार्नै ब्यक्ति रहेछ हामी अलि डराए पछि जना अर्का ब्यक्ति पनि सॅगै लिएर गयो। सेफ्टी भेष्टहरू लगाए पछि सानो मोटरबोटमा राखेर बस्ति बाट १० /१५ मिनेट समून्द्र भित्र / कि मि लगे पछी हामीलाई रोकेर यही हो कोरल कोष्ट भनेर देखायो हुन पनि पहाड रहेछ पानी भित्र रंगीचंगी माछाहरू। झरेर हेर भन्यो , एकछिन सबैजना डरायौ। राजेश जि शालु भाऊजुले पहिल्यै पनि गरि सक्नु भएको हुदा डराउनु पर्दैन समून्द्र भित्र हेर्दा रमाईलो हुन्छ भनेपछि डराई डराई डोरीमा समाएर पानीमा झर्यौ जब पानीमा झरेर पानी भित्र हेरेको अचम्म लाग्ने दृश्यहरू हुने रहेछ। रंग रंगका माछाहरू अनि पहाड कल्पना नै गर्न नसकिने दृश्यहरू। सबैभन्दा बडी समय पानीमा बसेर मैले भरपुर मनोरन्जन  लिए। त्यहॅा बाट फर्किए पछी गाईडलाई धेरै धेरै धन्यबाद दिदै बच्चाहरूलाई चकलेट किनेर लगेर दिनु भनि थपेर पैसा दियौ सायद दियो होला भन्ने आशा गरौ। यदि तपॅाईहरूपनि जानु भयो भने अवस्यपनि गर्नु होला त्यहॅाको बस्ती अनि चकलेट लान नभूल्नु होला। 

त्यसको भोलीपल्ट हामी फिजीको राजधानी Suva  जॅादै थियौ बाटोमा True Mart देख्यौ रोक्नु भनेर दोकानमा छिरेका थियौ खोज्दै हेर्दै जॅादा अम्बा भेट्यौ, अलि महॅगो रहेछ तर भेट्यौ अनि अति नै खुशी भयौ। कति बेला खान पाईन्छ भनेर ब्यग्र प्रतिक्षा गरि रहेको थिए , काटनको लागी चक्कु पनि किन्यौ शालु भाऊजुले अम्बा काटेर हामीलाई खुवाउनु भयो। टुक्रा टुक्रा को स्वाद लिएर खॅादै थियौ अचानक भाऊजुको हात काट्यो फेरी दौडदै दोकान भित्र राजेश जि दैडेर गएर ब्याण्डेज किनेर ल्याउनु भयो भाऊजुले लगाऊनु भयो फेरी खाने क्रम निरन्तरता चलि रह्यो। जति मूल्य अम्बालाई परेको थियो त्यति नै मूल्य चक्कु ब्याण्डेजलाई पर्न गएको थियो तर पनि भगवानले ॲाट पुर्याउछु भने जस्तै भयो , हामीले पनि खोजेका कुरा पाऊदा सार्है खुशी लाग्यो। बाटो भरी अम्बा ब्याडेजको  कुरा गर्दै Suva पुगियो

Suva भने Nadi भन्दा अलि फरक रहेछ, गगनचुम्बी महलहरू , ठूला ठूला दोकानहरू भिडभाड। हामीले केही शोभनियर समानहरू केही समान प्रकारको कपडाहरू खरिद गर्यौ।अन्जुमन भाऊजु लाई फिजी को Suva जाने भनेपछि ऊहॅाको साथीले माया भोजानालयमा गएर खानु है भन्नु भएको रहेछ, हामीले खोज्जै गएर दिउसोको खाना खायौ, खानेकुरा मिठो नै रहेछ, मेरो अम्बाको इच्छा जस्तै अन्जुमन भाऊजुको पनि इच्छा पुर्याईयो। सबैजनाको इच्छाहरू पुरा हुदै गयो। Suva मा भने अलि डरलाग्दा मानिसहरू गाडी चालकहरू अलि खराब भेटियो। सबैलाई हतार भएर पो हो कि

हाम्रो हप्ते बसाई सके पछि फर्कने दिन आईहाल्यो , कस्तो रमाईलो भईरहेको थियो। होटेलमा काम गर्नेहरू बिषेश गरी खान खाने समयमा  हामीहरूको नामले नै बोलाऊन थालि सकेका थिए त्यहॅाका कर्मचारीहरूले। छाडेर आऊन पनि कस्तो माया लागेको थियो पनि फर्कनु पर्नै नै थियो , ति हसिला मानिसहरू लाई छाडेर। हाम्रो अन्तिम गनतब्य भने Denarau Island थियो , एयरपोर्ट पुग्नु अघि त्यस ठॅाऊमा पनि पुगियो, फिजीको अन्य ठॅाऊ भन्दा फरक निकै सुन्दर सफा बाटोहरू ठूला ठूला होटेलहरू सबैजना बिदेशीहरू  

अन्तमा, फिजी अति नै सुन्दर देश रहेछ अझै भनौ भने त्यहॅाको आदिबासीहरू झनै रमाईला खुशी मानिसहरू रहेछन, धनिमानीहरू जस्ता लागेन तर मनका धेरै धनी थिए। हॅासी रहने जता गएपनिबूलाह बूलाह” भनि रहने ।खुशी हुनको लागी धनी हुन पर्दैन रहेछ जस्तो लाग्यो ।हामीले नेपाली मूलका मानिसहरू भेटन सकिएन तर मेरा बुवा वा आमा नेपाली हो भन्नेहरू भने निकै भेटिए।घुम्नको लागी त्यति सस्तो देश होईन पनि जानु पर्नै ठॅाऊ भने पक्कै रहेछ।