भएर सबैकुरा कस्तो अनीकाल  तिमी गएदेखि,
रहर लाग्दैन केही गर्न आजकाल तिमी गएदेखि।


उत्साह हराएको छ, बाँच्न पनि अब मलाई,
किन आउँदैन सजिलै काल तिमी गएदेखि।


अ ग्न साक्षी छ, सँगै बाँच्ने मर्ने कसम पनि,
डर लाग्छ सम्झेर बुढेसकाल  तिमी गएदेखि।


फर्कर आउँदैनौ  तिमी, जान पनि सकिन तिमीसँग,
हरेक दिन र रात लाग्छ सङ्कटकाल  तिमी गएदेखि।