
तिम्रो सम्झनाको छाँयामा
तिमीले मलाई बिस्तारै माया गर्न छोडेको
आभाष भैरहेछ मलाई
तिम्रो भावनामा म डुबेको थिए
सुरु देखिनै मेरोमा पनि तिमी गुलाबको
फूल भएर सुबाश छरिरह्यो
हामीले घाम र जुन साक्षी राखी सम्बंन्ध
गाँसेका थियौ हामी सुख र दु:खको
उकाली ओराली चढ्दै लामो यात्रा तय गरी
अगाडी बढी रह्यौ, तर आज तिमीले अकस्मात
बाँकि जीवनको यात्रा एक्ला एक्लै बिताउने
निर्णय गरेकोमा मेरो असहमति भएन
तिमी मेरो हृदयमा सधैं रहने छौ
हामी जन्मनु एक दिन मर्नु पनि हो हामी
कहिलै बिछोड हुने छैन भनी तिमीले भनेको
मलाई सम्झना छ तर समय हाम्रो बसमा
नहुने रहेछ
तिमीलाई नियतिले किन टाढा पुर्यायो
त्यो मेरो बसको बिषय भएन
हामी गरिब बाच्यौं हाम्रो छाप्रोमा घामले
कहिलै टेकेन ,हावा बहेंन, जुन चिहाएँन
तर पनि हाम्रो स्वाभिमान निभेको थिएन
मेरो अभाबले तिमीलाई चोट नपुर्याए पनि
तिम्रो अभावमा मेरो आकाश खस्छ कुन
हृदय लिएर बाँचौ? मलाई थाहा छैन तर
जेहोस ठिकै छ तिम्रो सम्झनाको छाँयामा
म सधै बाँचि रहने छु।
